×

ट्रम्पले अमेरिका आउने कारमा लगाए २५% कर

images

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर सम्बन्धी नयाँ घोषणा गरेका छन् । यस अनुसार अमेरिका आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्ने छ । ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको छ ।

ट्रम्पले नयाँ करहरू अप्रिल २ देखि लागू हुने बताएका छन् । कारका पार्टपुर्जामा यी करहरू मे महिना वा पछि सुरु हुने छन् । राष्ट्रपतिले आफ्नो कदमले कार उद्योगमा ‘ठूलो वृद्धि’ हुने दाबी गरेका छन् । उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने वाचा समेत गरे ।

तर, यस विषयमा विज्ञहरूको राय भने फरक छ । ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा रोक्न सक्छ, मूल्य बढाउन सक्छ र सहयोगी देशहरूसँगको सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ भन्ने उनीहरूको विश्वास छ । संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो । अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन् । ट्रम्पको नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा छ ।

रिपोर्टहरूका अनुसार अमेरिकामा नयाँ कारको औसत मूल्य अहिले लगभग ४९,००० अमेरिकी डलर छ। कर बढेपछि नयाँ शुल्कहरू लागू गरियो भने आयातित कारहरूको मूल्यमा थप १२,५०० बढ्न सक्ने जनाइएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यो शुल्कले सवारी साधन निर्माताहरूको लागत बढाउन सक्छ र बिक्रीमा गिरावट ल्याउन सक्छ। अमेरिकी कार कम्पनीहरूले आफ्ना धेरैजसो अटो पार्टपुर्जा अन्य देशहरूबाट आयात गर्छन्।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि अमेरिकी निर्णयप्रति निराशा व्यक्त गरेकी छिन्। उनले यो व्यवसायी र उपभोक्ताहरूका लागि नराम्रो निर्णय भएको उल्लेख गरेकी छन्। ट्रम्पको उक्त कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको छ। 
 
ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा रोकिने सम्भावना पनि रहेको विज्ञहरुको भनाइ छ।  संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो।

अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन्। ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति श्रृंखलालाई असर गर्ने खतरा छ।

एजेन्सी

बिहीबार १३ चैत २०८१ ०९:५९ AM मा प्रकाशित

प्रतिक्रिया