×

चिवन-२ उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार छान्ने जिम्मा रवि लामिछानेलाई

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।

रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई उम्मेदवार छान्ने अधिकार प्रदान गरेको हो ।

रास्वपाका सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

चितवन– २ यसअघि लामिछाने स्वयं निर्वाचित भएको क्षेत्र भएकाले उपनिर्वाचनमा पनि रास्वपाबाट उनी आफैं उम्मेदवार बन्ने निश्चित छ ।

सोमबार १५ फागुन २०७९ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया