×

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चिह्नमा चुनाव लड्‌ने घोषणा

images

काठमाडौँ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर एकै चुनाव चिह्नमा चुनाव लड्ने घोषणा गरेका हुन् । बुधबार निर्वाचन आयोगमा दुवै दलले एकै चुनाव चिन्हबाट चुनाव लड्ने संयुक्त रूपमा निवेदन दिएका छन् । 

हाम्रो पार्टी नेपालका अध्यक्ष सुनारले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलेको चिम बाटै चुनाव लड्ने सहमति भएको बताए । आफुहरु कुलमानले देखेको सपनालाई साथ दिन एकसाथ आएको सुनारले बताए ।   

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल दुवै नयाँ दल फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा पहिलोपटक सहभागिता जनाउँदैछन् । 

बुधबार ११ मंसिर २०८२ ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया