×

सेवा निवृत्त पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा स्थगन, कार्यान्वयन गर्न गृहलाई पत्राचार

images

काठमाडौँ । अर्थ मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई सरकारले दिएको सवारी तथा सुरक्षाकर्मीको सुविधा स्थगन गरेको छ ।

मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गराउनु र कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गराउनका लागि गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

यसअघि अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रिपरिषदको असोज ५ को बैठकले निर्णय गरेको थियो ।

 

शुक्रबार​ १० असोज २०८२ ०७:२८ PM मा प्रकाशित

प्रतिक्रिया