काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ। आयोगले जारी गरेको सूचना अनुसार उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० (आज) देखि असोज १६ गतेसम्म दल दर्ता गर्न सक्नेछन्।
यसअघि नै दर्ता भएका दलहरूले संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार आफ्नो दललाई पुनः सक्रिय बनाउन असोज १६ सम्म निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।
निवेदन दिनका लागि, दलहरूले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार तयार पारिएको ढाँचामा कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा निवेदन पेश गर्नुपर्ने महान्यायाधिवक्ता केदार कुमार अधिकारीले जनाएका छन् ।
स्थानीय तहमा रिक्त रहेका ४० पदका लागि उपनिर्वाचन हुन लागेको हो । गर्ने २ जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, १ नगरपालिका प्रमुख, ४ गाउँपालिका उपाध्यक्ष, १ नगरपालिका उपप्रमुख, ९ गाउँपालिका वडाध्यक्ष, र २१ नगरपालिका वडाध्यक्षका पदहरू रिक्त्त छन् ।
प्रतिक्रिया