काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ गभर्नर लिसा कुकलाई पदबाट हटाएका छन् ।
ट्रम्पले कुकले पदबाट हटाएको पत्रमा धितो सम्बन्धी कागजातहरूमा गलत जानकारी प्रदान गरेको आरोप लगाउदै संविधान अन्तर्गत यो कारबाही गर्ने अधिकार आफूसँग भएको उल्लेख गरेका छन् ।
कुकले यो निर्णयलाई गैरकानूनी भनेकी छन् भने राष्ट्रपतिलाई उनलाई बर्खास्त गर्ने अधिकार नभएको र उनले राजीनामा नदिने बताएकी छन् ।
अमेरिकी राष्ट्रपतिले संघीय रिजर्भ गभर्नरलाई हटाउने प्रयास गरेका यो पहिलो पटक हो । यसले केन्द्रीय बैंकको स्वतन्त्रता र राष्ट्रपतिको अधिकारमाथि ठूलो विवाद निम्त्याएको छ ।
जुलाईको अन्त्यमा भएको संघीय रिजर्भको अन्तिम बैठकमा लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश अन्य सदस्यहरूले अमेरिकी ब्याजदर कायम राख्ने पक्षमा मतदान गरेका थिए ।
ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् र यसले टकरावको अवस्था कायमै रहेको छ ।
पुर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा लिसा कुकलाई गभर्नरमा नियुक्त गरेका थिए । उनी यस पदमा सेवा गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन् ।
प्रतिक्रिया