×

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

images

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १५ सयले बढेर तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९७ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो ।

 

मङ्गलबार १० भदौ २०८२ १२:५५ PM मा प्रकाशित

प्रतिक्रिया