काठमाडौं । नेपालले केन्याविरुद्धको टी–२० सिरिजमा सहज जीत हासिल गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराउन सफल भयो ।
एक सय ३१ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३३ रन जोड्दै जीत आफनो हात पारेको हो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए भने आरिफ शेखले अविजित २४, ज्ञानेन्द्र मल्लले २३, आसिफ शेखले १९ र रोहित पौडेलले १३ रन बनाएका थिए । बलिङमा केन्याका लुकास ओलुओच र भिराज पटेलले दुई दुई तथा नेहिमिहाले एक विकेट लिन सफल भए ।
टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो । केन्याका लागि इफरान करिमले सर्वाधिक ३४ रन बनाए भने लुकास अलुओचले ३१, नेल्सन ओढीयाम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाएका थिए ।
प्रतिक्रिया