×

आज सोमबार सुन र चाँदीको मूल्य बढेको छ

images

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ । आइतबार एक लाख १० हजार २ सय रुपैयाँमा छापावाल, एक लाख ९ हजार ६५० रुपैयाँमा तेजावी र १३ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

सोमबार ११ असार २०८० ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया