काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।
एमालेले आजबाट सुरु गरेका स्थानीय तहका जनप्रतिनिधिहरुको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सांसद दाहालले दिएको अभिवयक्ति बकवास भएको बताएका छन् ।
अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो रु पशु्पतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले,” ओलीले भने ।
“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकबास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन ।आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने ।
उनले आफूले पशुपतिलाई रकम निकासा गरेको र सुन हो कि पित्तल भनेर हेर्न नगएको प्रस्ट्याए। मैले त पशुपतिलाई रकम दिने हो। पशुपतिमा रकम दिएपछि सुन हो कि पित्तलको हो मैले ट्वाक ट्वाक पार्न गएको थिएँ त्यहाँ ? उनले आक्रोशित हुँदै प्रश्न गरे ।
अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दाबी समेत गरे ।
प्रतिक्रिया