×

तनहुँ–१ : ब्यालेट विद्रोहले पुराना राजनीतिक दललाई झापड

images

काठमाडौं । वैशाख १० मा भएको उपनिर्वाचनमा नयाँ आशासहितको मत (ब्यालेट) विद्रोहले पुराना राजनीतिक दलहरुलाई झापड हानेको छ।

प्रजातन्त्रप्राप्ति पछिको चुनावी इतिहासमा तनहुँ कांग्रेसको किल्लाकै रुपमा परिचित जिल्ला हो। तर यसपटकको उपनिर्वाचनमा तनहुँ–१ मा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसको गढ भत्काएको छ।

उपनिर्वाचनको संघारमा कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका डा स्वर्णिम वाग्ले तनहुँ १ बाट भारी मतान्तरले विजयी भएका छन्। त्यसैगरी चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले अग्रता लिइरहेका छन्।

गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएको सो क्षेत्र पौडेल राष्ट्रपति भएपछि खाली भएको थियो। ६३ हजार ७ सय ५७ मत खसेको यो क्षेत्रमा ९ दलले उम्मेदवारी दिएका थिए।

कांग्रेसका नेता भट्टराइले सो क्षेत्रमा खानेपानीका ६७ योजना पु¥याएर नागरिकलाई पानीको हाहाकार मेटाएको दाबी गर्दै आएका थिए । यद्यपि, चुनावी माहोलमा विकासे योजनाले काम नगरेको तनहुँका स्थानीय एवं नागरिक समाजका अगुवा शोभा विमलीको भनाई छ ।

‘यो उपनिर्वाचनमा पुराना दलका र गठबन्धनको संस्कृतिका कारण पनि मतदाताले पुरानालाई छाडेर नयाँप्रति आशा गरेको पाइएको छ’, उनले भने– ‘विगतमा गरेका विकासे योजना भन्दा पनि तत्काल मतदातालाई राहत पुग्नेगरी नयाँ नेताहरूले चलाएको अभियानले निर्वाचनमा फरक परिणाम ल्याएको हो । तर, जनताको त्यो अपेक्षा पूरा गर्दै मतको भारी जोगाउन चुनौती पनि उत्तिकै छ ।’

स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचनमा कांग्रेस र माओवादीले बढी मत ल्याएको यो क्षेत्रमा सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दल कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जसपासहितका दलहरूले समर्थन गरे पनि कांग्रेस नेता भट्टराईलाई मतदाताले कम विश्वास गरेको पाइएको छ । एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई त मतदाताले झनै नराम्रोसँग झापड हानेका छन् ।

खनाल गत निर्वाचनमा काठमाडौं ६ बाट हारेर उपनिर्वाचन जित्नका लागि तनहुँ पुगेका थिए। उनलाई कांग्रेसको विद्रोही समूह पूर्व गृहमन्त्री गोविन्दराज जोशीलगायतले सहयोग गरेको थियो । यसपटक वाग्लेको काम हेर्ने भन्दै कांग्रेस एमाले दुवै दलका कार्यकर्तासमेतले वाग्लेलाई मतदान गरेको पाइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

बुधबार १३ बैशाख २०८० ०६:४० AM मा प्रकाशित

प्रतिक्रिया