×

विश्वास नै नहुँदा त विश्वासको मत दियौं, प्रचण्डलाई धोका हुदैन -- कांग्रेस नेता विश्वकर्मा 

images


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै पनि हालतमा धोका नदिने बताएका छन् । 

आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीपनि नभएको बताएका हुन् । उनले भर्ने  विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ । दुई तिहाईको विश्वास अघि पु¥याउने पक्षमा छौं ।’ 

उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाइ बहुमत पु¥याउने आफूहरूको तयारी रहेको पनि सुनाए । यसअघि कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै राख्न खोजेपछि गठबन्धन टुटेको विषयमा उनले भने ‘विगतमा अप्रत्यासित कुरा भएका हुन् । प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा

राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं ।’उनले अब सबैदल मिलेर अघि बढ्नु पर्ने बताए । 

आइतबार​ १४ फागुन २०७९ ०६:३३ PM मा प्रकाशित

प्रतिक्रिया