काठमाडौं । इजरायलले २०० प्यालेस्टिनी बन्दीको रिहा गरेको छ । इजरायलको जेल सेवाले यससँगै सबै प्यालेस्टिनी बन्दीको रिहा गरेर सकिएको जनाएको छ ।
गाजामा भएको युद्धविराम सम्झौताअन्तर्गत हमासद्वारा इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान भएको यो दोस्रो पटक हो । युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो । यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो ।
हमासका बन्दुकधारीहरू र स्थानीय प्यालेस्टाइन नागरिक रिहाइअघि गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए । त्यसपछि हमासले चारैजनालाई गाडीबाट ओरालेर मञ्चमा पुर्याएको थियो । त्यसपछि उनीहरूलाई रेडक्रसको हस्तान्तरण गरिएको थियो ।
यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ६ साताभित्र हमासले ३३ बन्दी रिहा गरिने जनाएको छ । अबका केही साताभित्र थप २६ बन्धक रिहा हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया