×

सुनको मूल्यले एकासी बड्यो

images

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

बुधबार प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार १२ माघ २०७९ ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया