×

वीरगञ्जना नाकाबाट ४ खर्ब ३८ अर्बको वस्तु आयात

images

काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएको छ । 

गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने ३ खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।

चालु आवको छ महिनामा ९० अर्ब ५ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । 

चालु आवको छ महिनामा ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ । 

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।

 

सोमबार १३ माघ २०८२ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया