×

नेप्से सामान्य अंकले घट्यो, २ अर्ब ८६ करोडमाथिको कारोबार

images

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ । नेप्सेमा सामान्य उतारचढाब देखिए पनि खरिदकर्ता र विक्रीकर्ता दुबै हाबी हुन नसक्दा बजार परिसूचक स्थिर जस्तै देखिएको हो । 


आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।  त्यसो त घट्दो बजारमा आज तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साताको अन्तिम कारोबार दिन लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो ।  ०.३५ अंकले नेप्से घटेको दिन कुल २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ । 

बिहीबार १२ माघ २०७९ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया