×

७३ औ अन्तर्राष्ट्रिय  भंसार दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

images

७३ औ अन्तर्राष्ट्रिय भंसार दिवस त्रिभुवन अन्तर्राष्ट्रिय भंसार कार्यलय को आयोजनामा आज सम्पन्न भएको छ।२६ जनवरीका दिन विश्वभरि अन्तर्राष्ट्रिय भंसार दिवस मनाउने प्रचलन अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।

भंसार विभागका महानिर्देशक हरिशरण पुडासैनी  प्रमुख अतिथिका रुपमा उपस्थिति रहनु भएको थियो ।एवं प्रकार त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यलय,विमानस्थल सुरक्षा प्रमुखहरु,राष्ट्रिय अनुसन्धान निर्देशक,उद्योग बाणिज्य महासंघ,नेपाल फ्रेडफर्वाडर एसोसिएसन ,नेपाल भंसार एजेन्ट महासंघ,नेपाल निर्यात परिषद,नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड ,मजदुर संघको उपस्थिति रहेको थियो।

भंसार दिवसका अवसरमा आयोजना गरिएको दौड प्रतियोगिता लगायत अन्य कार्यक्रममा बिजयीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र दिइएको थियो ।मन्तव्य को क्रममा राजस्व उठाउने महत्त्वपूर्ण भंसारका सम्बन्धमा समाजमा नकारात्मक धारण रहेको भन्दै प्रमुख भंसार अधिकृत शान्तिराम निरौलाको  भनाइ मननिय रहेको थियो ।

उद्योग बाणिज्य महासंघ,काठमाडौं का वरिष्ठ उपाध्यक्ष जय प्रसाद शिवाकोटी ले व्यवसायी हरुको गुनासो तथा वैकल्पिक भंसार व्यवस्थापन का लागि चोभार स्थित भंसार लाई उपयोग मा ल्याउन सकिने कुरा राख्नु भएको थियो ।व्यवसायी हरुले उठाएको समस्या तथा भंसार बिभागले गरिरहेको सुधारका बिषयमा महानिर्देशक हरिशरण पुडासैनी ले जवाफ दिदै व्यवसायी हरुका तर्फबाट पनि सहयोग हुनुपर्ने तथ्यलाई उठाउनु भएको थियो ।

सभापति को आसनबाट त्रिभुवन विमानस्थल भंसार कार्यालयका प्रमुख भंसार प्रशासक महेश बराल बाट धन्यवाद दिदै कार्यालयले सुशासन तथा व्यापार  सहजीकरणका लागि गरिरहेका कामहरु बारे जानकारी दिदै कार्यक्रम को समापन गरिएको थियो ।उक्तअबसरमा भंसार एजेन्ट मुनकार्गो का प्रोपाइटर केशवप्रसाद चौलागाईंले लेख्नु भएको " स्वराज्य शंखघोष" पुस्तक पनि प्रदर्शनीमा राखिएको थियो ।आर्थिक कुटनीति: आजको सन्दर्भमा शिर्षक को लेख समेत संलग्न पुस्तक समानान्तर आर्थिक परराष्ट्र संरचना बनाउन सहायक हुने कुरा पुस्तक अध्यनकर्ताहरुको रहेको थियो ।उत्कृष्ट कर्मचारी  तथा भंसार एजेन्टहरुलाइ पनि प्रशंसापत्र तथा सम्मान गरिएको थियो ।

आइतबार​ १३ माघ २०८१ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया