काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् । चीनको औपचारिक भ्रमणमा जानुअघि सुझाव लिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा बैठक बोलाएका थिए।
बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भने छलफलमा देखिएका छैनन्। प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । ओलीले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सुझाव माग गरेका छन्।
प्रतिक्रिया