×

सहकारी ठगी प्रकरण :- जीबी राईका साझेदार रामबहादुर खनाल पक्राउ

images

काठमाडौँ - सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ । तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो।

नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटडका पनि शेयरधनी हुन् । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी रहेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको हो। खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको एसपी बोगटीले बताए। बोगटीका अनुसार रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानका क्रममा रहेकै बेला खनाललाई पनि सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

उनलाई शुक्रबार नै जिल्ला प्रहरी कार्याल्य, कास्कीमा पठाइएको बोगटीले बताए ।

शुक्रबार​ ९ कात्तिक २०८१ ०७:५५ PM मा प्रकाशित

प्रतिक्रिया