×

नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

images

काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्राम सहित पक्राउ गरेको हो । साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ ।

 

सोमबार ९ भदौ २०८२ ०७:४८ PM मा प्रकाशित

प्रतिक्रिया