काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल ओभिडोमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल ओभिडोलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने एक गोल भिनिसियस जुनियरले गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडले नयाँ सिजनमा लगातार दोस्रो जित हासिल गरेको छ । दुई खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै रियल ओभिडोले भए लगातार दोस्रो हार बेहोरेको छ ।
प्रतिक्रिया