×

भियतनाममा शक्तिशाली आँधी, ५ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिदै

images

काठमाडौँ । भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ। यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा व्यक्त गरिएको छ ।

सरकारले सावधानीका रूपमा ५ लाख ८६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न आदेश दिएको छ। राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ ।

धेरै क्षेत्रमा रेल र उडानहरू रोकिएका छन् भने विद्यालयहरू पनि बन्द गरिएका छन् । अधिकारीहरूले यो आँधी गत वर्षको यागी आँधी जत्तिकै शक्तिशाली साबित हुन सक्ने बताइएको छ । यागीले लगभग ३०० जनाको ज्यान लियो र अर्बौंको क्षति पुर्‍याएको थियो ।

टाइफुन काजिकी पहिले चीनको हेनान टापु नजिकैबाट गएको थियो, जहाँ दक्षिणी भागहरूमा भारी वर्षा र हावा चलेको देखिएको थियो । अब भियतनामका पूर्वी क्षेत्रहरू यसको प्रत्यक्ष चपेटामा परेका छन् ।

स्थानीय प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ र स्थितिको निरन्तर निगरानी भइरहेको छ । 

 

सोमबार ९ भदौ २०८२ ०७:४३ PM मा प्रकाशित

प्रतिक्रिया