×

बलिवुड फिल्म वार-२ र कुलीले ११ दिनमा कति कमाए ?

images

काठमाडौँ । बलिवुडमा हाल दुई ठुला बजेटका फिल्म प्रदर्शनमा रहेका छन् । ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएका थिए ।

रिलिजको ११ दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा २५६.७५ करोड कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४.७५ करोड कमाई गरेको थियो । त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१.२१ करोड कमाई गरेको थियो भने चौथो दिन ३५.२५ करोड, पाँचौं दिन १२ करोड र छैटौं दिन ९.५० करोड कमाई गरेको छ । त्यस्तै सातौं दिन फिल्मले ७.५ करोड र आठौं दिन विहिबार ६.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ५.८५ करोड, दशौँ दिन १०.५ करोड र ११औं दिन १०.७५ करोड कमाई गरेको छ ।

त्यसैगरी वार-२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले ११ दिनमा २२१ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७.३५ करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको थियो भने चौथो दिन ३२. ६५ करोड, पाँचौं दिन ८.७५ करोड र छैटौं दिन ८.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले सातौं दिन ५.७५ करोड र आठौं दिन ५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ४ करोड, दशौँ दिन ६.२५ करोड र एघारौँ दिन ६.५० करोड कमाई गरेको छ ।

सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार-२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ ।

कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार-२ को लागत पनि चार सय करोड रहेको छ ।

 

सोमबार ९ भदौ २०८२ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया