×

मुख्यमन्त्री लामाविरुद्ध काँग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

images

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको काँग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

images

बागमतीमा काँग्रेसका चार मन्त्रीको राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा काँग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाप्रति असन्तुष्टि जनाउदै कांग्रेसका म...

बागमती प्रदेशका काँग्रेसका २१ सांसदले हस्ताक्षर गरेर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । 

यसअघि शुक्रबार नै काँग्रेसबाट मन्त्री बनेका चार जनाले राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ रहेका छन् ।

बागमतीमा काँग्रेसका ३७ सांसद रहेका छन् । 

शुक्रबार​ १० साउन २०८२ ०५:४० PM मा प्रकाशित

प्रतिक्रिया