×

शेयर बजार आज झन्डै ३५ अङ्कले घट्यो, २ अर्ब ४ करोड रुपैयाँको कारोबार

images

हिजो आइतवार ९६ अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ९५ अङ्कले घटेर दुई हजार तीन सय ८६ दशमलव शून्य एक विन्दुमा झरेको छ । 

आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

दुई सय ३९ वटा कम्पनीका ५० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब चार करोड २२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको आठ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सेन्ट्रल फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घट्दा पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

सोमबार १२ बैशाख २०७९ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया