काठमाडौं । काभ्रेको धुलिखेलमा बस दुर्घटना भएको छ । मंगलबार बिहान धुलिखेल नगरपालिका १० स्थित शारदा बतासेमा बस दुर्घटना भएको हो ।
काठमाडौंबाट रामेछापतर्फ गइरहेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८:२० बजे अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो । बसमा सवार चालक र सह-चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरुको नाम, थर, वतन र अवस्था खुल्न बाँकी छ। बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बस काठमाडौं हुँदै रामेछापको धोवि-सिरेसे हुँदै ओखलढुंगाका लागि छुटेको प्रहरीले जनाएको छ । धटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया