काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् ।
विराटनगरमा युवाहरुसँग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनअघि बाटै पार्टी भित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्धामा आफूले काम गरेको बताए । जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’ को अभियानमा लागेको र युवाको माग, मुद्धामा कहिल्यै कञ्जुस्याई नगरेको बताए ।
जेनजी आन्दोलन भन्दा धेरै अघिदेखि नै युवाहरुको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लष्टरमा बाँडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जस अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ। त्यो हुन सक्दा मात्रै युवाहरुलाई यहि देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो । ’
प्रतिक्रिया