काठमाडौं । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार सूर्यविनायक नगरपालिका-२, बालकोटमा जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । कुलप्रसादका जेठा छोरा मिलन पनि त्यहाँ डेरा गरेर भाइ प्रविणसँगै बस्ने गरेको भए पनि शव भेटिँदा मिलन बेपत्ता थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले मिलनले हत्या गरेको स्वीकार समेत गरेको बताए । मिलन कुलप्रसादका जेठा छोरा हुन्। २५ वर्षीय मिलन मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ।
कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या भएको विश्वासमा अनुसन्धान गरिरहेको प्रहरीले कुलप्रसादका जेठा छोरा मिलनलाई पक्राउ गरेको हो । स्रोतका अनुसार मिलनले घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
जुल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । सोमबार बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्तले बताएका थिए । आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।
उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो । शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो ।
प्रतिक्रिया