पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशीकाे बयान सकिएकाे छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे।
जाेशीको बयान सकिएसँगै लिला पछाईंकाे बयान सुरू भएकाे छ। सँगै मुद्दा दर्ता भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भने अझै बयान सुरू भएकाे छैन।
सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा रविसहित पूर्वडीआईजी जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङविरुद्ध आइतबार जिल्ला अदालत मुद्दा दर्ता भएकाे थियाे।
साेही मुद्दामा लामिछानेसहित पाँचै जनालाई साेमबार नै अदालतमा उपस्थित गराइएकाे थियाे। उनीहरूलाई मंगलबार पनि अदालतमै राखिएकाे छ।
प्रतिक्रिया