काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.०३ अंकले घटेर दुई हजार ६६७.४० बिन्दुमा शेयर बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स १.७६, फ्लट इन्डेक्स ०.९४ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५५ अंकले घटेको छ । १३ उपसमूहमध्ये लगानी र उत्पादन र प्रशोधनबाहेक अन्य सबै उपसमूहको शेयर घटेको छ ।
आज ५५ कम्पनीको मूल्य बढ्दा १८१ को घटेको छ भने ८ को स्थिर रह्यो । यसदिन ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया