×

अल नासर किङ कपको राउण्ड १६ मा

images

काठमाडौँ । अल नासर किङ कपको राउण्ड १६ मा पुगेको छ । गएराती सम्पन्न खेलमा अल नासरले जेहादलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान र वेसलीले एक एक गोल गरेका थिए भने एक गोल फैसल बिन अबुले आत्मघाती गोल गरेका थिए ।

गएराती नै सम्पन्न खेलमा अल इत्तिहाद, अल हाजम, अल जुल्फी लगायतका टिम राउण्ड १६ मा पुगेका छन् ।

 

बुधबार ८ असोज २०८२ ०७:४३ AM मा प्रकाशित

प्रतिक्रिया