×

अस्ट्रेलिया अन्तिम खेलमा २७६ रनले विजयी, सिरिज दक्षिण अफ्रिकाले २-१ ले जित्यो

images

काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रन मात्र बनाएर अल आउट भएको थियो । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन अप ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर कूपर कोन्नोलीले ५ विकेट लिएका थिए भने जेभियर बार्टलेट र सीन एबोटले २-२ विकेट लिएका थिए । दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेवाल्ड ब्रेभिसले सर्बाधिक ४९ र टोनी डी जोर्जीले ३३ रन बनाएका थिए ।

यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउदै ४२९ रन बनाएको थियो ।

यस क्रममा अस्ट्रेलियाका तीन खेलाडीले शतक प्रहार गरेका थिए । जसमा ट्राभिस हेडले १४२, क्यामरुन ग्रीनले अविजित ११८ र कप्तान मिचेल मार्शले १०० रन बना थिए । त्यस्तै एलेक्स केरीले अविजित ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

त्यसैगरि दक्षिण अफ्रिकी बलर केशभ महाराज र सेनुरान मुथु स्वामीले एक एक विकेट लिएका थिए । यससँगै एकदिवसीय सिरिज भने दक्षिण अफ्रीकाले २-१ ले जितेको छ ।

 

आइतबार​ ८ भदौ २०८२ ०७:३० PM मा प्रकाशित

प्रतिक्रिया