×

निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल- प्रधानमन्त्री ओली

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् ।

बिहीबार सामजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न सफल भएको उल्लेख गर्दै यो निर्यात इतिहासकै उच्च भएको बताएका छन् ।

उनले भनेका छन्- 

यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ ।

 

बिहीबार ९ साउन २०८२ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया