×

कांग्रेसमा महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवार तय गर्ने अधिकार सभापतिलाई

images

नेपाली कांग्रेसले महानगरपालिकाका प्रमुख र उपप्रमुखको आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

images

भरतपुर महानगर प्रमुखमा ११ जनाको मनोनयन

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्य...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको रायसहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये उम्मेदवार तय गर्ने अधिकार विधानबमोजिम सभापतिलाई प्रत्यायोजन गरेको हो ।

images

काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडाँै महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन् ।  मुख्य निर्वाचन अध...

सो निर्णयानुसार विराटनगर, काठमाडाँै र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई हुनेछ । विधानबमोजिम पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानअनुसार अनुमोदन गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी बैठकले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू पदेन रहने निर्णय गरेको छ । साथै विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका वरिष्ठ नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

आइतबार​ ११ बैशाख २०७९ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया