×

हामीले कम्प्रमाइज गरेका छौं तर, आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौं,पर्यो भने हामी सरकारबाट बाहिरिन सक्छौंः महामन्त्री थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस समस्याबाट नभाग्ने र भागेर नहुने बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो कुरा बताएका हुन्।

उनले अहिले सरकारमा जानु कांग्रेसको बाध्यता भएको बताएका छन्। उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि दिनुपर्छ। आज हामी बाध्यतामा छौं, एक्लै छैनौं। सरकारमा छौं। कतिपय हामीले कम्प्रमाइज गरेका छौं। तर, आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौं।’

उनले कांग्रेस शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन्।

महामन्त्री थापाले कांग्रेसले वर्तमान संविधानको स्वामित्व ग्रहण गरेर यसलाई थप सदृढ बनाउँदै लाने उनले बताए । ‘हामी यसलाई खल्बल्याउँदैनौं । हामी यसलाई सुदृढ बनाउँछौं । हामीले बनाएको संविधान हो,’– उनले भने ।

महामन्त्री थापाले आफूहरुले गरेको वाचाअनुसार सरकारको गति र मति दुवैमा प्रश्न रहेको बताए । अहिले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपतिलगायत फेरि दलको जिम्मेवारीमा फर्किने कुरा कम्तिमा कांग्रेसको लागि नसुहाउने उनले बताए । अरु पार्टीहरुले राजनीतिमा फर्काएपनि कांग्रेसले उक्त संस्थाको गरिमा राख्नका लागि पनि पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति पार्टीको राजनीतिमा आउन हुँदैन भन्नुपर्ने उनले बताए ।

‘हामी नेपाली कांग्रेस पार्टी, आज हाम्रो बाध्यता छ । हामी एक्लै छैनौं, सरकारमा छौं । कतिपय हामीले कम्प्रमाइज गरेका छौं । तर, आधारभूत कुराहरुमा हामीले कम्प्रमाइज गर्दैनौं, हामीले भन्न सक्नुपर्छ । हामी पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार नै सबैभन्दा ठूलो कुरा थियो भने त ज्ञानेन्द्रले सरकार बनाउँदा गएनौं त, महेन्द्र, वीरेन्द्रले बनाउँदै गर्दा हाम्रा नेताहरु जानुभएन । मैले यो सरकारको मात्रै कुरा गरेको होइन, कु्नै पनि सरकारको भनेको । हाम्रो फन्डामेन्टल कुराहरु अनकम्प्रमाइजिङ हुन्छ,’– उनले भने ।

बिहीबार ११ बैशाख २०८२ ०७:५५ PM मा प्रकाशित

प्रतिक्रिया