×

आजको फलफूल तथा तरकारी

images


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार अदुवाको ९०, अनारको ३००, अम्बाको १२०, आलु सेतोको १८, काउली तराईको २०, किबिको ४०० रुपैयाँ अतिकतम मूल्य रहेको छ । 

यसैगरी हरियो खुर्सानी १००, गोलभेडा ठूलो नेपाली ६०, घिरौँला १६०, तामा १०० रुपैयाँ रहेको छ । 

यस्तै फलफूलमा अंगुर कालोको अधिकतम मूल्य २०० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो अंगुरको मूल्य १४० रुपैयाँ रहेको छ । 
 

शुक्रबार​ १२ फागुन २०७९ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया