×

डोटीमा पनि दादुरा देखियो

images

काठमाडौ । १०-माघ/ डोटीमा पनि दादुराको संक्रमण देखिएको छ । जिल्लाको केआईसिंह गाउँपालिका-४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको संक्रमण देखिएको हो । दादुरा संक्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेको हुन सक्ने आशंकामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य चौकीले जनाएको छ ।

कैलालीको गौरीगंगाका १८ महिने बालक डोटीमा रहेका आफन्तको घरमा गएको र उनमा दादुराको लक्षण देखिएको स्वास्थ्य चौकीले जनाएको छ । पुस २९ गते बालकको रगत नमुना परीक्षणका लागि धनगढी पठाइएकोमा आइतवार दादुरा पुष्टि भएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बताए ।

बालकमा दादुरा पुष्टि भएपछि उनी बसेको घर वरपर र छरछिमेकमा अन्य सङ्क्रमित भए नभएको खोजी भइरहेको माझीले बताए । उनका अनुसार अहिलेसम्म त्यस्तो लक्षण कसैमा देखिएको छैन । दादुरा पुष्टि भएका बालकलाई दादुरा विरुद्धको खोप लगाइएको थियो ।

मङ्गलबार १० माघ २०७९ ०४:२३ PM मा प्रकाशित

प्रतिक्रिया