काठमाडौँ । ओउसमान डेम्बेलेले यस बर्षको बेलुन डो अर अवार्ड जितेका छन् । फ्रेन्च फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अर अवार्ड यस बर्ष पिएसजीबाट खेल्ने २८ बर्षिय डेम्बेलेले जितेका हुन् ।
बेलुन डो अरको दोस्रो स्थानमा स्पेनका लामीन यमल रहेका थिए भने तेस्रो स्थानमा पोर्चुगलका भिटिन्हा र चौथो स्थानमा इजिप्टका मोहमद सलाह रहेका थिए । बेलुन डो अरको यस सूचीमा फ्रान्सका किलीयन एम्बाप्पे सातौं स्थानमा र ब्राजिलका भिनिसियस जुनियर १६औं स्थानमा रहेका थिए ।
त्यसैगरि महिला तर्फको बेलुन डो अर भने स्पेनकी ऐताना बोनमातीले लगातार तेस्रो पटक जितेकी छन् । उनी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने गर्दछिन् । त्यस्तै लामिन यमलले यस बर्षको कोपा ट्रफी जितेका छन् । यो हरेक बर्ष उदियमान फुटबलरलाई दिने गरिन्छ ।
त्यस्तै यस बर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पिएसजीका लुइस इनरिकले जितेका छन् । इनरिकले पीएसजीलाई पिलो पटक च्याम्पियन्स लिग जिताएका थिए ।
प्रतिक्रिया