प्रहरीको हिरासतबाट भागे ८ जना थुनुवा

    images

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ ।

    विभिन्न मुद्दामा पक्राउ परी थुनुवामा रहेका ९ जना भागेको तीमध्ये एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। भागेकामध्ये एकजना जनकपुरबाट पक्राउ परेका हुन्।

    आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् । 

    सोमबार ७ असोज २०८१ ०७:३५ AM मा प्रकाशित

    प्रतिक्रिया