×

आजबाट ‘प्रेमगीत ३’विश्वभर प्रदर्शन

images

काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ आजबाट  प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारतलगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो । तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।

नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा याे चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।

हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत–संगीतले पाएको लोकप्रियताका कारण फिल्मले ठूलो हाइप छ । यसैले फिल्मले ओपनिङ ब्यवसाय समेत राम्रो गर्ने अपेक्षा छ । सिनेमाले शुक्रवार र शनिबार ठूलो कमाइ गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ ।

आइतबारबाट भने सिनेमालाई दर्शकको वर्ड अफ माउथले लामो रेशको घोडा बनाउनुपर्नेछ । स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको फिल्मले स्वदेश तथा विदेशमा राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मको हिन्दी संस्करण सेन्सरमा ढिलाई भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ ।

शुक्रबार​ ७ असोज २०७९ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया