×

३० वर्षे सेवा अवधिका प्रहरीलाई अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

images

काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले एक दशकअघि नै प्रहरीको निवृत्तिभरण र अवकाशसम्बन्धी ऐनमा राख्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।

२०७० साल चैतमा सर्वोच्चको विशेष इजलासले प्रहरी कर्मचारीको नियुक्ति, निवृत्तिभरण र अवकाशसम्बन्धी व्यवस्था ऐनमा राख्न निर्देशनात्मक आदेश दिएको थियो ।
त्यसपछि नोकरी अवधि गणनाको विषयमा परेको अर्को रिटमा संवैधानिक इजलासले २०७२ सालमा ऐन बनाउन सरकारलाई सम्झाएको थियो ।

यी दुवै आदेश पालन नहुँदा आफूहरू अन्यायपूर्वक अवकाश पाउन लागेको भन्दै प्रहरी अधिकृतले बुधबार सर्वोच्चमा रिट हालेका थिए । १६ भदौमा ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जान लागेका २१ जना प्रहरी अधिकृतले दिएको रिटमा बिहीबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ ।

शुक्रबार​ ७ भदौ २०८१ ११:०१ AM मा प्रकाशित

प्रतिक्रिया