काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार पुगेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मुछिएको घुस प्रकरणको अडियोमा रञ्जिताको अवाज पनि रहेकोमा अनुसन्धानको क्रममा बयानका लागि बोलाएको हो ।
अडियोमा रञ्जिताको अवाज रहेको परिक्षणबाट पुष्टि भएपछि अख्तियारले बयानका लागि बोलाएको बताइएको छ । यस प्रकरणमा रञ्जिताको भूमिका बिचौलियाको रहेको विषयमा समेत अख्तियारले अनुसन्धान गरिरहेको पाइएको छ ।
अख्तियारले यसअघि गुप्ता र सो प्रकरणमा बिचौलिया भनिएका सुजन लामासँग बयान लिइसकेको छ ।
प्रतिक्रिया