काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा सभापति लामिछानेको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल चीन प्रस्थान गर्न लागेको हो।
भ्रमणका क्रममा सभापति लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताहरू तथा सरकारी प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, दुई देशका राजनीतिक दलहरूबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने रास्वपा स्रोतले जनाएको छ।
प्रतिनिधिमण्डलमा रास्वपाका अन्य शीर्ष नेताहरू तथा केन्द्रीय सदस्यहरूको पनि सहभागिता रहने बताइएको छ। चीन भ्रमणका क्रममा टोलीले बेइजिङका साथै अन्य प्रमुख शहरहरूको अवलोकन तथा त्यहाँका स्थानीय नेताहरूसँग अन्तर्क्रिया गर्नेछ।
रास्वपाले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र प्रभावकारी बनाउने नीतिअनुरूप विभिन्न मित्रराष्ट्रहरूसँगको संवाद र भ्रमणलाई निरन्तरता दिँदै आएको छ।
प्रतिक्रिया