×

बागमतीमा एमालेले टुङ्ग्यायो ६ मन्त्री

images

हेटौंडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रालयको टुंगो नलगाए पनि मंगलबार मन्त्री हुने व्यक्ति भने टुंग्याएको हो। जसमा प्रकाश श्रेष्ठ–काठमाडौँ, प्रेम भक्त महर्जन–ललितपुर, अमन मास्के–काठमाडौँ, कृष्ण सिलवाल–चितवन, सुकमाया तामाङ–सिन्धुली र किरण थापा मगर–भक्तपुर छन्। 

एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन्। प्रकाश श्रेष्ठ बाहेक ५ जना नयाँ अनुहार हुन्। बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् । मुख्यमन्त्रीको नियुक्ति आजै साँझ हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

मङ्गलबार ८ साउन २०८१ ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया