×

घोडासहन नाकाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

images

काठमाडौं । बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नं. १ घोडासहन नाकाबाट स्रोत नखुलेको रकम ओसारपसार गर्ने दुई जना १० लाख २० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक जिल्ला बारा, फेटा गाँउपालिका वडा नं. ६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र मोटरसाइकलका अर्का सवार वर्ष २२ को बागर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छतवा, बाराबाट खटिएको प्रहरी टोलिले ना ३६ प ४५६३ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रु १० लाख २० हजारसहित उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरुलाई हुण्डीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार ८ साउन २०८१ १०:५३ AM मा प्रकाशित

प्रतिक्रिया