काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुन र चाँदी दुवैको भाउ केही महँगो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ। वृद्धिपछि छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ मा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सोहीअनुरुप मूल्य समायोजन गरिएको महासङ्घले बताएको छ।
प्रतिक्रिया