काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकी रोकालाई काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई धरौटीमा छोड्न आदेश दिएको हो। उनी धरौटीमा रिहा भएलगत्तै पुनः प्रकाउ परेकी छन्। रोकालाई पकाउ गर्न सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर प्रहरीले विभाग पठाएको छ।
६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। उनी सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।
प्रतिक्रिया