×

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- नागरिकलाई नतर्साउनुस्

images

काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई नागरिकलाई नतर्साउन सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीसमेत सहभागी सो कार्यक्रममा उनले आफूसमेत डराएको बताउँदै नागरिकलाई नतर्साउन भनेका हुन् । ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक–पटक भनेको छु नागरिकलाई नतर्साउनुस्,’ उनले भने ।

तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ। कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने अवस्था भएको छ।’

प्रधानमन्त्री डरायो भने बल्ल नागरिकका डरबाट मुक्त हुने अवस्था बन्ने उनको भनाइ थियो।

आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट प्रधानमन्त्री प्रचण्डलाई नरहेको भन्दै उनले देश विकासका लागि कसरी अघि बढ्ने त्यतातर्फ ध्यान दिन सुझाव दिए।

प्रधानमन्त्रीले मसँग १७२, १७३ भोट छ। ढुक्क छ भन्दै गयो भने हामीलाई सुन्ने मानिस बाँकी नरहन सक्छ। मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै देखेको थिइनँ। मानिस निराश भएका छन्।’

प्रधानमन्त्री उपस्थित बानेश्वरको एक कार्यक्रम स्थलमा मंगलबार युवाहरूले नाराबाजी गर्दा प्रहरीले मुख बन्द गरिदिएको थियो।

बिहीबार ९ चैत २०७९ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया