काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, पार्टी नीति र नेतृत्वमाथि बारम्बार प्रहार हुदाँ समेत कार्यकर्ता मौन बसेको गुनासो गरेका छन् ।
मंगलबार पार्टी कार्यालयमा स्कूल विभागद्वारा आयोजित केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले पार्टी जीवनमै ऐतिहासिक निर्णय हुदाँ समेत नीति र नेतृत्वको सर्मथन नभएको गुनासो गरेका हुन् । जनयुद्ध दिवस मनाउने र सहिद घोषणा गर्ने जस्ता काम भएपनि त्यसको उचित प्रचार समेत नभएको उनको दुखेसो छ ।
उनले अब जनयुद्धको विरासत पार्टी नचल्ने उद्घोष समेत गरेका छन् उनले भने ‘अब जनयुद्धको विरासतले मात्रै चल्दैन, पार्टीलाई नयाँढंगले चलाउनु पर्छ । व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ ।’ पार्टीको केन्द्रीय स्कूल विभागले आयोजना गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण ५ दिन सञ्चालन चल्ने माओवादीले जनाएको छ ।
प्रतिक्रिया