काठमाडौँ । सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको प्रशासनिक समितिबाट गएको प्रस्तावमा सेवाग्राहीको भीड हुने मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन समेत खोल्ने निर्णय भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।
सरकारले अत्यावश्यक कार्यालय कुन-कुन हुन भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको छ ।
बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया